skip this

भक्तपुरमा उकालो लाग्दै ‘कोरोना ग्राफ’

765 shares
oil-nigam-amlekhgunj-adv.jpeg

भक्तपुरमा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लागेको छ।

पछिल्लो समय जिल्लामा दैनिक ५०० भन्दा धेरै सङ्क्रमित थपिएका छन्।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ सङ्क्रमित थपिए।

त्यस्तै यही माघ ८ गते शनिबार ९६८, ७ गते ६२७, ६ गते ५६४ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।

सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्यासमेत ह्वात्तै बढेको छ।

जिल्लामा आइतबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार नजिक पुगेको छ। कूल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ९९८ पुगेको छ।

तीमध्ये पुरुष दुई हजार ७० र महिला एक हजार ९२८ छन्। जिल्लामा चार नगरपालिकामध्ये सबैभन्दा धेरै मध्यपुरथिमिमा एक हजार १४७ सक्रिय सङ्क्रमित छन्।

तीमध्ये ५८९ पुरुष र ५५८ महिला छन्। मध्यपुरथिमिमा आइतबार मात्रै २०२ सङ्क्रमित थपिएका थिए।

सूर्यविनायकमा एक हजार ६२, भक्तपुरमा ७६५ र चाँगुनारायण नगरपालिकामा ४६१ र अन्य २७४ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

सक्रिय सङ्क्रमितमध्ये ३१ संस्थागत आइसोलेसन तथा अस्पतालमा र २३ जना सामान्य आइसोलेसनमा उपचाररत छन्। एचडियूमा चार, आइसियुमा तीन र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ।

जिल्लाका विभिन्न अस्पतालमा सामान्य आइसोलेसन २५६ शय्या, एचडियु ११७ शय्या, आइसियु ३५ र भेन्टिलेटर १६ छन्।

कोरोना सङ्क्रमणले हुनेको सङ्ख्या ३६० पुगेको छ। माघ ८ गते एक सङ्क्रमितको मृत्युसँगै जिल्लामा कोरोना सङ्क्रमणका मृत्यु हुनेको सङ्ख्या ३६० पुगेको हो।

nijgadh-supermart-adz1200-630