skip this hetauda tech

वैदेशिक रोजगारीमा जानेले खोप लगाएको क्यूआर कोड म्यानपावरबाटै पाइने

858 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौ :  वैदेशिक रोजगारीमा जानेहरुले अब कोरोना विरुद्धको खोप लगाएको विद्युतीय प्रमाण (क्यूआर कोड) म्यानपावरबाटै प्राप्त गर्न सक्नेछन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच आज भएको छलफलमा क्यूआरकोड म्यानपावरबाटै दिलाउन निर्णय भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताए ।
    म्यानपावर आफैले कामदारको आवश्यक विवरणसहितको अनलाइन पोस्ट रजिष्ट्रेशन गर्नुपर्ने र स्वास्थ्य सेवा विभागले क्यूआर कोडसहितको प्रमाणपत्र सम्बन्धित म्यानपावरको आधिकारिक इमेलमा पठाइने व्यवस्था भएको उहाँको भनाइ छ ।
इमेलमा प्राप्त क्यूआर कोडसहितको प्रमाणपत्र अन्य कुनै निकायबाट थप प्रमाणीकरण गर्नु पर्ने छैन ।

nijgadh-supermart-adz1200-630