skip this farak Kura Pravakar

लोक कल्याणकारी विज्ञापनसम्बन्धी सम्पूर्ण कार्य अब जिल्ला  हुलाकबाट हुने

1.34K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : विज्ञापन बोर्डले लोक कल्याणकारी विज्ञापन प्रकाशन तथा प्रशारणको अनुगमनका साथै भुक्तानीसम्बन्धी सम्पूर्ण कार्य अब जिल्ला हुलाक कार्यालयमार्फत गराउने निर्णय गरेको छ । 
बोर्डको हालै बसेको बैठकले विद्युतीय तथा छापा माध्यममा प्रकाशन तथा प्रशारण हुने लोक कल्याणकारी विज्ञापनसम्बन्धी छुट्टाछुट्टै मापदण्ड समेत स्वीकृत गरेको छ ।
बोर्डका प्रवक्ता अनोजकुमार घिमिरेले जारी गरेको विज्ञप्तिमा मापदण्ड कार्यान्वयनका सन्दर्भमा शुक्रबार सरोकारवालासँग छलफल भएको छ । 
छलफलका क्रममा बोर्डका अध्यक्ष लक्ष्मण कुमार हुमागाईँले छापा तथा विद्युतीय सञ्चारमाध्यमबाट प्रकाश तथा प्रशारण हुने लोक कल्याणकारी विज्ञापन प्रकाशन गर्न प्रशारण हुलाकमार्फत हुने र भुक्तानीसमेत सम्बन्धित हुलाक कार्यालयबाटै हुने व्यवस्था मिलाइएको बताए ।
बाेर्डका अध्यक्ष लक्ष्मण हुमागाईले याे साउन महिनादेखि नै निर्णय कार्यान्वयनमा हुने भएकाले भदौ ७ भित्र पत्रिका र बिल जिल्ला हुलाक कार्यालयमा बुझाउनु पर्ने बताए ।
बाेर्डले हुलाक विभाग र जिल्ला हुलाकका प्रतिनिधिसंग अन्तरक्रिया गरेकाे थियाे । कार्यक्रममा विभागका महानिर्देशक अाभा श्रेष्ठ कर्णले बाेर्डकाे निर्णय कार्यान्वयन गर्न जिल्ला हुलाक कार्यालय प्रमुखलाई निर्देशन दिईन् ।
हेर्नुस् सूचना

nijgadh-supermart-adz1200-630