skip this farak Kura Pravakar

प्रथम विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता : वडा नं. ५ लाई पराजित गर्दै वडा नं. ११ विजयी

1.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढमा सञ्चालित प्रथम विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा वडा नं. ५ लाई पराजित गदैै वडा नं. ११ विजयी भएको छ ।

निजगढ ९ स्थित शहीद हिरालाल रंगशालामा सञ्चालन भएको खेलमा १–० गोल अन्तरले वडा नं. ११ विजयी भएको हो ।

वडा नं. ११ को जीतमा जर्सी नं. ७ का सिरिस कुमरले गोल गरेका हुन् । पहिलो हाफ गोल रहित बराबरी खेलेमा दोस्रो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।

आजको खेल जितेसँगै निजगढ वडा नं. ११ को टिम क्वाटरफाईनल प्रवेश गरेको छ ।

यसैविच खेलको म्यान अफ द म्याचको उपाधि सिरिस कुमर प्राप्त गरेका छन् । उनलाई वडा नं. ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा, वडा नं. ११ का वडा अध्यक्ष सईया गुरो र स्व. विकल रेग्मीकी आमा कमला रेग्मीले ट्रफि प्रदान गरेका छन् ।

nijgadh-supermart-adz1200-630