skip this

निर्मला कुर्मीः दोषीमाथि कारबाही गर्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता, धर्ना रोक्न आग्रह

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । निर्मला कुर्मीका लागि न्याय माग्दै माइतीघरमा धर्ना बसिरहेका महिला अधिकारकर्मीहरूलाई भेटेर धर्ना रोक्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आग्रह गरेका छन् । आज माइतीघरमा पुगेर रूबी खान लगायत महिला अधिकारकर्मीहरुलाई भेटेका गृहमन्त्री लामिछानेले दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै धर्ना रोकेर घर फर्कन आग्रह गरेका हुन ।

गृहमन्त्री लामिछानेले उनीहरूलाई धर्ना छोडेर घटनाको अनुसन्धानमा सहयोग गर्न आग्रह गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको विशेष टोलीले छानबिन गरिरहेको जानकारी गराएका छन् । उनले गएको सोमवार सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न उच्च सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको थियो ।बेपत्ता पारिएकी बाँकेकी निर्मला कुर्मीलाई सार्वजनिक गर्नुपर्ने मागसहित नेपालगन्जबाट काठमाण्डौ आएका महिला अधिकारकर्मीले माइतीघरमा चरणबद्ध आन्दोलन गरिरहेका छन् । उनीहरूले बाँकेकै नकुन्नी धोबीको मृत्यु प्रकरणको छानबिन र दोषीमाथि कारबाहीको माग पनि गरेका छन् ।

nijgadh-supermart-adz1200-630