skip this

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भएको छैन – निर्वाचन आयोग

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भइनसकेको जनाएको छ । केही दिनअघि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ताका लागि निवेदन दिइएको थियो । तर, शुक्रबार अपरान्ह ४ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय नगरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्र्यालले जानकारी दिए ।

‘अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने आयोगले निर्णय गरेको छैन,’ सहायक प्रवक्ता अर्यालले न्युज कारखानासँग भने । आयोगले सम्भवतः राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने नगर्ने विषयमा आयोगले निर्णय गर्ने उनको भनाइ ।बाहिर सार्वजनिक भएजस्तो आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय नगरेको जानकारी दिएका उनले आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दल दर्ताको मान्यता दिने संकेत भने गरेका छन् ।

 

nijgadh-supermart-adz1200-630