skip this farak Kura Pravakar

ओलीले अदालतको निर्णयलाई परमादेशको सरकार भनेर अवहेलना गरे –देवेन्द्र पौडेल

1.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौंक ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अदालतको निर्णयलाई अवहेलना गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आरोप लगाएका छन् । आज ताराखोला गाउँपालिकामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओलीले अदालतको निर्णयलाई परमादेशको सरकार भनेर अदालतको अवहेलना गरेको आरोप लगाएका हुन् ।

उनले जनप्रतिनिधिको सर्वोच्च थलोलाई होच्याउने र अपमान गर्ने काम केपी ओलीले गरेको जिकिर गरेका छन् । उनले संविधानमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई छुट्टै प्रकारको अधिकार दिएको बताएका छन् । व्यवस्थापिकाले कानुन निर्माण गर्छ, कार्यपालिकाले कार्यान्वयन गर्छ र कहीँ कतै संविधान र कानुनमा अवरोध भयो भने त्यसको व्याख्या र रक्षा गर्ने काम न्यायपालिकाको हो,’ उनले भने, ‘न्यायपालिकाले गरेको निर्णयको ओलीले अवहेलना गरे ।’

nijgadh-supermart-adz1200-630