skip this

सुनसरीको बराहक्षेत्रमा खोलाले टेम्पो बगाउँदा एक जनाको मृत्यु

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बगुवास्थित सडकमा को.२ ह ८९८५ नम्बरको टेम्पोलाई खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा टेम्पोमा सवार सुनसरी बराहक्षेत्र नगरपालिका–१ चतरा बस्ने १७ वर्षीया स्टिफिना राई रहेकी छन् ।

टेम्पोलाई खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चतरा, ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र सशस्त्र वेश क्याम्प चतराबाट संयुक्त टोली उद्दारमा खटिएको थियो । उद्धार टोलीले खोजी गर्ने क्रममा घटनास्थलबाट करिब ६ सय मिटर तल उनको शव फेला पारेको हो ।

साथै घाइते भएका अटोमा सवार रसुवा गोसाइकुण्ड गाउँलिका–६ धुन्चे बस्ने १८ वर्षीया आनिया तामाङ चतरा अस्पतालमा सामान्य उपचार पश्चात डिश्चार्ज भएकी छन् ।टेम्पो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

nijgadh-supermart-adz1200-630