skip this

भालुकाे आक्रमणबाट डाेटीमा एक जना घाइते

1.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ- डोटीको पूर्वीचौकी गाउँपालिमा भालुको आक्रमणाबाट एक जना गम्भीर घाइते भएका छन् ।

पूर्वीचौकी गाउँपालिका-१ का नरबहादुर खड्कालाई मंगलवार बिहान छोरेपानीमा भालुले आक्रमण गरेको हो ।

भालुको आक्रमणमा परेका खड्काको टाउको र अनुहारमा चोट लागेको स्थानीय गणेश साउँदले बताए ।

उनलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।

घरबाट खर्क (छानातिर) जाँदै गरेको बेला खड्कालाई भालुले बाटोमा आक्रमण गरेको हो ।

nijgadh-supermart-adz1200-630