skip this farak Kura Pravakar

वर्षाका कारण आएको बाढीमा परि मोरङमा १ को मृत्यु, सयौं परिवार विस्थापित

1.51K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । केही दिन देखि परेको अवरिल वर्षाका कारण मोरङको सुन्दरहरैंचास्थित गछिया खोलामा आएको बाढीमा परी १ जनाको मृत्यु भएको छ। यससँगै वर्षा र बाढीका कारण जिल्लामा १ सय ८३ घर डुबानमा परेका छन्।जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार बिहान करिब ७ बजे सुन्दरहरैंचा नगरपालिकास्थित गछिया खोलामा पुरुषको शव भेटिएको जनाएको छ।प्रहरीका अनुसार बाढीका कारण नगरपालिकाका–६ सिसौघारीका ५८ वर्षीय रामबहादुर विकको शव खोलामा तैरिरहेको अवस्थामा भेटिएको हो।

विराटनगर महानगरपालिकाको वडा नम्बर ८ र २ मा सिंघिया खोलाले डुबान गर्दा ४५ घरमा क्षति पुगेको छ। जहाँ १ सय ६५ परिवार डुबानबाट प्रभावित भएका छन्।मोरङको बेलबारी नगरपालिकास्थित बाहुनी खैटे खहरे खोला बस्तीमा पस्दा ८ घरका ३३ जना सर्वसाधारण समस्यामा परेको बताइएको छ। वर्षाका कारण ग्रामथान गाँउपालिका, कानेपोखरी गाँउपालिका र सुनवर्षी नगरपालिकासमेत प्रभावित भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

निरन्तर परेको वर्षाका कारण मोरङका विभिन्न स्थानमा १ सय ८३ घर डुबानमा परेको र ७ सय २३ घर परिवार प्रभावित भएको प्रहरीले जनाएको छ । विराटनगर र कटहरी गाँउपालिकाको सीमा भएर बग्ने सिंघिया खोलाका कारण कटहरीमा सर्वसाधारण बढी प्रभावित छन् । । सो गाउँपालिकाको वडा नम्बर १ को टाइगर टोल, हनुमान मन्दिर क्षेत्र र नारी विकास क्षेत्रको बस्तीमा खोला पस्दा १ सय ३० घर डुबानमा परेका छन्। जहाँ ५ सय २० जनालाई सुरक्षित स्थानतर्फ सारिएको छ।

nijgadh-supermart-adz1200-630