skip this

रोल्पामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

1.73K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।मंगलबार साँझ रोल्पामा भएको अटो दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। अटो दुर्घटनामा अन्य तीन यात्रु घाइते छन्। करबि ६ बजेतिर रोल्पा नगरपालिका वडा नम्बर २ सिमलबाङबाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ४३४७ नम्बरको अटो अनियन्त्रित भएर सडकदेखि झन्डै ५० मिटर तल खसेको थियो।

अटो चालक रोल्पा नगरपालिका वडा नम्बर २ का २९ वर्षीय महेश कवरको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जना गम्भीर रहेको छ भने दुई जना उपचारपछि घर फर्केका छन्।रोल्पा नगरपालिका वडा नम्बर ७ का करिब ५२ वर्षीय जानसिंह पुनलाई थप उपचारको लागि बुटवल पठाइएको छ।

 

nijgadh-supermart-adz1200-630