पर्वतमा करेन्ट लागेर एक जनाको मृत्यु ,४ जना घाइते
वि.सं.२०७९ साउन २३ सोमवार १३:०५
1.22K
shares

पर्वत । पर्वतमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।जलजला गाउँपालिका–७ धाइरिङमा आज बिहान मुख्य लाइनको हाइ भोल्टेज बिद्युत शाखा लाइनमा करेन्ट लाग्दा स्थानीय अन्दाजी ५० वर्षीया सीता केसीको घटनास्थलमै मृत्यु भएको हो।
हाइभोल्टेजका कारण धाइरिङका झण्डै दुई सय घरका मिटर बक्स जलेको छ ।
वि.सं.२०७९ साउन २३ सोमवार १३:०५

















