skip this

बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु, पहिरो जाँदा एक घर पुरियो

1.26K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।केही दिन देखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा बागलुङको गलकोट नगरपालिका वडा नम्बर ११ रिघास्थित दिपदोल बस्ने वर्ष ८३ को कृष्णबहादुर कामीको घर पुरिको छ। ढुंगा र माटोले बनेको तीन तले कच्ची घरमा ६० मिटर माथिबाट झरेको पहिरोले पुरिएको प्रहरीले जनाएको छ । घर पुरिँदा अन्नपात, लत्ताकपडा लगायत नष्ट भएका छन्।

त्यस्तै काठेखोला गाउँपालिका–४ मा चट्याङ लागेर महिलाको मृत्यु भएको छ। गएराति चट्याङ लागेर तग्राम फापरखेत बस्ने २८ वर्षीया सुष्मा पुनको मृत्यु भएको हो। घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ लागी पुन घाइते भएकी थिइन्। उपचारका क्रममा धौलागिरी अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब निरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630