निजगढ नगपालिकामा अनलाइन इ-पेमेन्ट सेवा सुरु
ल्यापटपमा क्लिक गरेर सेवा उद्घाटन
वि.सं.२०७८ चैत १४ सोमवार १०:५६

बारा । बाराकाे निजगढमा साेमबारदेखि अनलाइन सम्पति कर, नगदी तथा इ-पेमेन्ट सेवा सुरु भएकाे छ ।
नगरपालिकाकाे सेवा लिने सेवाग्राहीले राजश्व सम्बन्धि अनलाइन सेवाबाट लिन सक्नेछन् । निजगढ नगपालिकामा अनलाइन सम्पति कर, नगदी तथा इ-पेमेन्ट सम्बन्धि सेवा सुरु भएकाे हाे ।
नगरपालिका कार्यालयमा विगत २ वर्षबाट अनलाइन हुँदै आएपनि वडा कार्यालयमा हाते रसिद प्रयाेग हुँदै आएकाे थियाे ।
अनलाइन सेवापछि माेवाइल एप्स इसेवा, खल्ती र आइपिएसबाट सेवाग्राहीले राजश्व बुझाउन सक्नेछन् ।
नगरपालिकाले साइवर सुरक्षामा लागि एसएसएलसहित क्यूआर काेडकाे व्यवस्था गरिएको छ । यसबाट रसिद सक्कल भए नभएकाे परीक्षण गर्न सकिनेछ ।
सांग्रिला सफ्टवेयर प्रालिको प्राविधिक सहयाेगमा सुरु गरिएको अनलाइन सेवा लिनमा लागि निजगढ नगरपालिका करदाता पाेर्टल सञ्चालन गरिने सूचना प्राविधि शाखाका प्रमुख प्रमाेद न्याैपानेले जानकारी दिए ।
कसरी लिने सेवा
नयाँ सेवाग्राहिले अनलाइन पहिलो पटक सेवा लिन कार्यालयमा पुग्नुपर्ने छ । सेवाग्राहीलाई नगरपालिकाले करदाता काेर्ड दिनेछ । त्यसपछि सेवाग्राहीले काेर्ड राखेर आफैले सेवा लिन सक्नेछन् । यसअघि अनलाइन सेवा लिएका सेवाग्राहीले प्राप्त गरेकाे रसिदमा करदाता परिचय पत्र नम्बरको प्रयाेग गरि घरबाटै अनलाइन सेवा लिन सक्छन् ।
नगरपालिकाका साेमबार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरिएको छ । नगरपालिका प्रमुख सुरेश कुमार खनालले ल्यापटपमा क्लिक गरेर सेवा उद्घाटन गरेका हुन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्की, साग्रिलाका सिनियर सपाेर्ट अधिकृत नेत्रप्रसाद रिजाल लगायत सहभागिता रहेकाे कार्यक्रमकाे सहजिकरण राजश्व शाखाकी रिजा रिजालले गरेकी थिईन् ।
कार्यक्रममा प्रमुख खनालले इ-पेमेन्ट सेवा सञ्चालन गर्ने जिल्लामा पहिलो नगर भएकाे बताए । उनले प्रदेशमा ७ ओैं र देशभरमा ४७ ओैं भएकाे जानकारी दिदै अनलाइन सेवाले राजश्व चुहावट घट्ने र सेवा छरिताे हुने बताए ।
भिडिओ
https://www.facebook.com/NSOnlineTV/videos/473065271165633
वि.सं.२०७८ चैत १४ सोमवार १०:५६

















