‘जनयुद्ध दिवसका सार्बजनिक बिदा दिने निर्णयको द्वन्द्वपीडितहरूद्वारा विरोध
वि.सं.२०७९ फागुन १ सोमवार १२:५९
1.35K
shares

काठमाडौं । आज ‘जनयुद्ध दिवस’ मा सार्बजनिक बिदा दिने निर्णयको विरोधमा द्वन्द्वपीडितहरूले प्रदर्शन गरेका छन्।उनीहरूले यसलाई कालो दिवस बनेका छन्। द्वन्द्वपीडितहरूले ‘फागुन १ को सार्बजनिक बिदा खारेज गर, द्वन्द्वपीडितलाई न्याय गर’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
द्वन्द्वपीडित समुदायको अगुवाईमा काठमाडौं जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका द्वन्द्वपीडित तथा नागरिक समाजका अगुवाले ‘जनयुद्ध दिवस’मा बिदा दिने निर्णय खारेज गर्न माग गरेका छन्।
वि.सं.२०७९ फागुन १ सोमवार १२:५९

















