skip this

पल शाह थप १२ दिन थुनामा

2.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । एक नाबालिग गायिकामाथि करणी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई थप १२ दिनको म्यान थपिएको छ ।

उनलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको हो ।यसअघि तनहुँ प्रहीले शाहलाई सात दिन थुनामा राखेर अनुसन्धान गरेको थियो ।

अनुसन्धानका लागि प्रहरीले थप समय मागेकाले उनको म्याद थपिएको अदालत स्रोत जनाएको छ ।म्याद थपका लागि शाहलाई आज जिल्ला अदालत लगिएको थियो । अदालतमा उनको बयान सोमबार सुरु हुने बताइएको छ ।

शाहले गत फागुन १५ गते तनहुँ प्रहरीसमक्ष दमौली गएर गिरफ्तारी दिएका थिए ।शाहविरुद्ध गत फागुन १२ गते तनहुँ प्रहरीमा जाहेरी परेको थियो ।

nijgadh-supermart-adz1200-630