ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु
वि.सं.२०७९ साउन १७ मंगलवार १३:२७
1.33K
shares

काठमाडौं । आज बिहान ११ बजे ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। मध्यबिन्दु नगरपालिका– १० अरुण खोलामा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको हो।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००८ ख १७०१ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री स्थानीय ६५ वर्षका मानबहादुर दमाइको घटनास्थलमै मृत्यु भएको हो।ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव पोस्टमार्टमका लागि मध्यबिन्दु अस्पताल पठाएको प्रहरीले जनाएको छ।
वि.सं.२०७९ साउन १७ मंगलवार १३:२७

















