skip this farak Kura Pravakar

मेचीमहाकाली बुहारी संयुक्त आवाज बाराद्वारा सिङ्गौलमा वृक्षारोपण

4.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–मेचीमहाकाली बुहारी संयुक्त आवाज बाराले निजगढ नगरपालिका–३ सिङ्गौलस्थित पिपलटार क्षेत्रमा बृक्षारोपण गरेको छ ।

स्थानीय टाँसी धार्गेलिङ्ग बौद्ध गुम्बा परिसरमा वृक्षारोपण गरेको गरिएको हो ।
गुम्बा परिसरमा फुल, आँप, लिची र ड्रागन फ्रुटलगायतका विरुवाहरु रोपिएको मेची महाकाली बुहारी संयुक्त आवाज बाराकी सचिव उषा लामा मोक्तानले जानकारी दिईन् ।

बृक्षारोपण कार्यक्रम उद्घाटन कार्यक्रममा गुम्बाका बौद्धगुरु ओमसाङ्ग लामा, निजगढ नगरपालिका नगर कार्यपालिका सदस्य अर्जुन डासेली भुजेल र सर्मिला सुनार, समाजसेवी विष्णु नेपाल र सिता मैनाली, सल्लाहकार कल्पना खरेललगायतको सहभागीता रहेको आयोजक मेची महाकाली बुहारी संयुक्त आवाज बाराले जनाएको छ ।

यसअघि मेचीमहाकाली बुहारी संयुक्त आवाज बाराले निजगढ–७ योजनास्थित नेत्रोदय माध्यमिक विद्यालय परिषरमा बृक्षारोपण गरेको थियो ।

nijgadh-supermart-adz1200-630