skip this

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

1.8K shares
oil-nigam-amlekhgunj-adv.jpeg

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले आइतबार प्रदेश सभाको १०औँ अधिवेशनको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नयाँ नारासहित अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएको कार्यक्रममा युवा स्वरोजगार र प्रदेशको आर्थिकस्तर वृद्धि गर्ने खालका कार्यक्रम समावेश गरिएको छ । हाल सञ्चालनमा रहेका प्रदेश गौरवका आयोजना र अधुरा आयोजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, आर्थिक विकास र गरिबी निवारणमा योगदान पुगाउन उद्यम विकास, रोजगार र स्वरोजगार कार्यक्रम, औद्योगिक जनशक्ति उत्पादन र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, लगानीमैत्री वातावरण सृजना गर्ने, प्रदेशमा प्राविधिक विश्वविद्यालय सञ्चालन गर्ने, १५० विद्यालयमा सूचना तथा प्रविधि विस्तार गर्नेलगायतका कार्यक्रम नीति तथा कार्यक्रममा अटाएका छन् ।

मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम, प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम, एक स्थानीय तह एक औद्योगिक ग्राम, एक जिल्ला एक विशिष्ट उद्योगलगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रममा पनि परेका छन् ।

यस्तै, मेरो स्वास्थ्य मेरो जिम्मेवारी, हाम्रो प्रदेश स्वस्थ प्रदेश, जनताको स्वास्थ्यको ख्याल सुविधासम्पन्न अस्पताल, स्वास्थ्यका लागि खेलकुद सबैका लागि खेलकुद, पाहुनाको सत्कार सुदूरपश्चिमको संस्कार लगायतका नारासहित कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश सरकारले प्रत्येक असार १ गते बजेट कार्यक्रम ल्याउनुपर्ने र त्यसको १५ दिने अगाडि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी प्रावधान छ । तर निकै ढिलाइ गरी नीति तथा कार्यक्रम प्रस्तुत भएको हो ।

हेर्नुहोस् पूर्णपाठ :


सूचि हेर्न यहाँ Click गर्नुहाेस् ।



nijgadh-supermart-adz1200-630