skip this farak Kura Pravakar

वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गरेका छन् ।
नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि पुन बैंकक गएका हुन् । उनको साथमा पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती पनि छन् ।
पूर्व मन्त्री समेत रहेका पुन केही समयदेखि अस्वस्थ भएपछि सुमेरु अस्पतालमा उपचार गर्दै आएका थिए ।​ जन्डिसबाट पीडित पुनको स्वास्थ्यमा खासै सुधार भएको थिएन । ​
जन्डिसको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका थिए ।
यसअघि २०७२ सालमा पनि उनको बैंककमै उपचार भएको थियो ।नेता पुनका स्वकीय सचिव सन्तोष पुनले अध्यक्ष प्रचण्डलगायतका नेताहरूको सल्लाहपछि उनको थप उपचार थाइल्याण्डको बुरमुङगार्ड अस्पतालमा गरिने जानकारी दिए ।
उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशाणुगत रूपमा सङ्क्रमण भएको जन्डिसले दुःख दिने गरेको छ ।

nijgadh-supermart-adz1200-630