मोहन वैद्य अस्वस्थ, नर्भिकमा भर्ना
वि.सं.२०७८ असोज ३१ आइतवार १८:४५
1.21K
shares

काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) अस्वस्थ भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार अस्पताल भर्ना गरिएको छ । उनलाई राजधानीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
७४ वर्षीय वैद्य लामो समयदेखि दमबाट पीडित छन् । आइतबार उनको दम बढेको जनाइएको छ ।
वि.सं.२०७८ असोज ३१ आइतवार १८:४५
















