skip this

च्यासल पुगेर प्रधानमन्त्रीसहित शीर्षनेताले दिए सुवास नेम्वाङलाई श्रद्धाञ्जली

810 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं, २६ भदौ । दिवंगत एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले मुख्यालयमा राखिएको छ ।

मंगलबार बिहान निधन भएका नेम्वाङलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्षनेताहरु च्यासल पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले नेम्वाङको पार्थीव शरीरमा पुष्पगुच्छा अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

यसैगरी, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, झलनाथ खनाल, नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई, माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङ, एकीकृत समाजवादी उपाध्यक्ष राजेन्द्र पाण्डे, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव, राप्रपा नेता पशुपतिशमशेर जबरालगायत शीर्ष नेताहरु च्यासल पुगेर नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

nijgadh-supermart-adz1200-630