आजबाट देशैभरीका सामुदायिक विद्यालय बन्द, शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा
वि.सं.२०८० असोज ४ बिहीवार ०९:२८
2.44K
shares

काठमाडौं । आजदेखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ । आफना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आए पछि देशैभरीका सामुदायिक विद्यालय बन्द हुन लागेको हो ।
आफना मागहरु सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
‘बुधबारदेखि देशैभरीका शिक्षकहरु आन्दोलनमा छौं, बिहिबारदेखि अनिश्चितकालिन विद्यालय बन्द हुदैँछ,’ उनले भने, ‘तर, आन्दोलनको क्रममा जति दिन विद्यालय बन्द हुन्छ, त्यति दिन बिदाको दिन पढाउने काम गरेर क्षतिपुर्ति मिलाउँछौं ।’ उनका अनुसार सरकार आफना मागहरु प्रति गम्भिर नभए पछि बाध्य भएर सडकमा आउनु परेको हो ।
वि.सं.२०८० असोज ४ बिहीवार ०९:२८

















