skip this

इजरायलमा निधन भएका विद्यार्थीको शव यथाशिघ्र नेपाल ल्याउन संसदीय समितिको निर्देशन

999 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल –हमास द्वन्द्वमा परी निधन भएका १० नेपाली विद्यार्थीको शव यथाशिघ्र नेपाल ल्याउन र द्वन्द्वग्रस्त क्षेत्रका नेपालीको चाँडो उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले यो दुःखद क्षणमा समितिले सरकारलाई समर्थन गरेको उल्लेख गर्दै समितिका सभापति राज किशोर यादवले छिटो १० नेपालीको शव नेपाल ल्याउन सरकारलाई निर्देशन दिएका हुन् ।

बैठकपछि समिति सभापति यादवले भने, ‘अकल्पनीय घटनाबाट निधन भएका नेपालीहरुको शव यथाशिघ्र नेपाल ल्याउन,घाइतेहरुको सिघ्र स्वास्थ उपचार गर्न, वेपत्ता भएका नेपालीको तत्काल,खोजी गर्न,अप्ठेरोमा परेका नेपालीको उद्धार एवम् सुरक्षित स्थानमा स्थानान्तरण गर्न,राहतको व्यवस्था गर्न स्वदेश आउन चाहने नेपालीलाई तत्काल स्वदेश ल्याउन आवश्यक समन्वय गरी सिघ्र पहलकदमी लिन समिति सरकारलाई निर्देशन गर्दछ ।’

समितिले भविष्यमा घट्न सक्ने यस्ता घटनाको आँकलन गरी विदेशस्थित नेपाली दूतावास र नियोगहरुलाई नेपालीहरुको विवरण संकलन गरी पूर्ण तयारी अवस्थामा राख्न र त्यस्ता निकायलाई स्रोत साधन सम्पन गरी सक्षम बनाउन समेत सरकारलाई निर्देशन दिएको छ ।

nijgadh-supermart-adz1200-630