skip this

जलवायु परिवर्तनलाई बेवास्ता गरे सकारात्मक विकास असम्भवः सुनिता डङ्गोल

1.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । जलवायु परिवर्तनलाई बेवास्ता गरिए विकासका लागि भएका प्रयासको सकारात्मक नतिजा नआउने काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले बताएकी छन् । जनप्रतिनिधि, कर्मचारी, नगरवासीसहित जलवायु परिवर्तनका क्षेत्रमा अध्ययन गर्ने अनुसन्धानकर्ता र साझेदारकाबीच आजबाट सुरु गरिएको दुई दिने सचेतना तथा अभिमुखीकरण कार्यक्रममा उपप्रमुख डङ्गोलले सो धारणा राखेकी हुन् ।

जलवायु परिवर्तन विश्वव्यापी समस्या हो । यसको कारणमा नेपालको योगदान छैन तर असर भोगिरहेको छ । “बाढीपहिरो, खडेरी, अतिवृष्टि, अनावृष्टि, अति जाडो र गर्मी प्राकृतिक रुपमा बढिरहेका जोखिमले आर्थिक, सामाजिक, जैविक विविधता, पर्यटनलगायत क्षेत्रमा असर गरेको छ । यसबाट परेका असर तथा जोखिम कम गराउन, बदलिँदो मौसम अनुकूलन अघि बढ्न आवश्यक छ”, उपप्रमुख डङ्गोलले भनिन् ।

nijgadh-supermart-adz1200-630