अब कोरियाबाट फर्केका नेपालीले ब्यवसाय संचालनका लागि पाउनेछन् सहुलियत कर्जा
वि.सं.२०७८ साउन २९ शुक्रवार १८:५४
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीहरूलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ ।
बैंकले उक्त कर्जाका लागि अंकुर नेपालसँग समझदारी गरेको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन् ।
कोभिड–१९ को महामारीबाट उत्पन्न समस्या तथा अन्य कारणबाट नेपाल फर्किएर कोरियामा आर्जित सीप तथा आय–आर्जनलाई स्वदेशमा व्यवसाय तथा रोजगारी श्रृजना गर्न उत्प्रेरित गर्ने उद्देश्य लिएका व्यवसायीहरुलाई सहयोग गरी पूर्ण रोजगारी र समृद्धिको दिशातर्फ अघि बढ्ने एक अभियानका रुपमा संचालन गर्न अंकुर नेपालसँग सहकार्य गरेको बैंकले जनाएको छ ।
यस समझदारीबाट वैदेशिक रोजगारीबाट सीप र अनुभव सहित स्वदेश फर्किएका युवालाई पुनःबिदेशिनु पर्ने बाध्यतालाई रोकी उद्यमशीलतासँग जोडेर विदेशबाट आर्जित सीप, अनुभव र पुँजीको स्वदेशमै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पुग्ने विश्वास बैंकको छ । यसका लागि बैंकले विभिन्न बैंकिङ्ग सेवा सुविधाहरु सहज तथा सहुलियत रुपमा प्रदान गर्ने पनि जनाएको छ ।
वि.सं.२०७८ साउन २९ शुक्रवार १८:५४