राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरे अध्यादेश
वि.सं.२०८० वैशाख २० बुधवार १५:५५
1.08K
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गरेका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपति निर्वाचित भएपछि पहिलो अध्यादेश जारी गरेका हुन ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिस अनुसार राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उक्त अध्यादेशमार्फत सरकारले मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्ने उद्देश्य लिएको छ।
वि.सं.२०८० वैशाख २० बुधवार १५:५५

















