राजनीतिक व्यक्तित्व बाटै राष्ट्रपति बनाउनुपर्छ– जनार्दन शर्मा
वि.सं.२०७९ माघ २८ शनिवार १०:१३
1.16K
shares

काठमाडौं । राजनीतिक व्यक्तित्वबाट नै राष्ट्रपति बनाउनुपर्ने नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले बताएका छन् । सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता शर्माले राष्ट्रपति राजनीतिक व्यक्तित्वबाटै बनाउनुपर्ने बताएका हुन ।
शर्माले भने, “राजनीतिक व्यक्तित्व बाटै राष्ट्रपति बनाउनुपर्छ । राष्ट्रिय सहमतिको आवश्यकता छ । राष्ट्रिय सहमति एक ढंगले प्रधानमन्त्रीको विश्वासको मतसम्म आइपुग्दा देखिएको कुरा पनि हो । राष्ट्रपतिमा जाँदाखेरी ती प्रयास हुन सक्छन्”, मुख्यगरी सरकारसम्वद्ध गठबन्धनले गरेको प्रयासमा राष्ट्रिय सहमति हुन आवश्यक रहेको भनाइ उनको थियो ।
वि.सं.२०७९ माघ २८ शनिवार १०:१३

















