राष्ट्रपति निर्वाचनः आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने
वि.सं.२०७९ फागुन १६ मंगलवार १०:०१
1.74K
shares

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन जनाएको छ । आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिएको छ ।
निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुने र सोही दिन साँझ ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको छ ।राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङको उम्मेदवारी परेको छ ।
वि.सं.२०७९ फागुन १६ मंगलवार १०:०१

















