गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले सम्हाल्ने
वि.सं.२०७९ माघ १४ शनिवार १५:२४
684
shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने गरी तोकेकी छन्।
रवि लामिछानेले शुक्रबार पदबाट राजीनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।
शनिबार राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन्।लामिछानेले अमेरिकी नागरिकता त्यागेर प्रक्रिया नपुर्याइ पुरानो नागरिकता प्रयोग गरेको भन्दै उनको नागरिकता खारेज गरेको थियो।
वि.सं.२०७९ माघ १४ शनिवार १५:२४

















