skip this

भाषण कम र नागरिकको सेवा धेरै गर्ने प्रधानमन्त्री प्रचण्डको प्रण

603 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अब आफू भाषण कम र काम धेरै गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आज चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हीरक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सार्वजनिक कार्यक्रममा लम्बेतान भाषण गर्ने कम्युनिस्ट नेताहरू र आफ्नै समेत विगतलाई सच्याउँदै अब भाषण कम र नागरिकको सेवा धेरै गर्ने प्रण गरेको बताएका हुन ।

कार्यक्रममा छोटो भाषण गरेका प्रचण्डले यो पटक हरेक दिन देशको पक्षमा, नागरिकको पक्षमा, सुशासन र विकासको पक्षमा काम गर्दै जाने र नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले सुशासन कायम गर्न, भ्रष्टाचार र बेथिती अन्त्य गर्न आफूले पहिलो मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेको भन्दै नागरिकलाई सास्तीबाट मुक्त राख्ने आफ्नो प्रयास हुने बताएका छन् ।

nijgadh-supermart-adz1200-630