skip this farak Kura Pravakar

बालुवाटारबाट हेलिकोप्टर चढेर प्रधानमन्त्री शेरबहादुर चन्द्रागिरिमा

2.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। दिगो पर्वतीय समाधानका निम्ति क्षेत्रीय नीति संवाद कार्यक्रमलाई सम्बाेधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा हेलिकोप्टर चढेर चन्द्रागिरि पुगेका छन्।

दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलन सहभागी हुन आएका १३ मुलुकका प्रतिनिधिलाई ‍नेपालको तर्फबाट सम्वोधन गर्न प्रधानमन्त्री देउवा हेलिकोप्टर चढेर चन्द्रागिरि पुगेका हुन्।

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सो सम्मेलनमा पर्वतीय महिला, पर्वत–समथर भु–भाग, पर्वतीय अर्थतन्त्र, पर्वतीय दिगो विकास, पर्वतीय संस्कृतिलगायतका बिषयमा कार्यपत्र प्रस्तुत हुनेछन्।

यस्तै रुख कटानमा भएको ढिलाइले सुर्खेत खण्डमा मदन भण्डारी राजमार्ग विस्तारको काम प्रभावित भएको छ । रुख कटानसम्बन्धी प्रक्रियागत ढिलाइले हाल वन क्षेत्र नभएका स्थानमा मात्र सडक स्तरोन्नतिको काम भइरहेको छ ।

राजमार्गको पूर्वी खण्डमा ३५.०५ किलोमिटर र पश्चिम सुर्खेतमा ९४ किलोमिटर क्षेत्र पर्छ । सडक क्षेत्रमा साना ठुला गरी करिब पाँच हजार रुख कटान गर्नुपर्ने आयोजनाका सुर्खेत कार्यालय प्रमुख मुकुन्दप्रसाद लामिछानेले जानकारी दिनुभयो । कटान गर्नुपर्ने रुखको पहिचान, सामुदायिक वन उपभोक्ता समिति, सब डिभिजन र डिभिजन वन कार्यालयले आवश्यक प्रक्रिया सुरु गरिसकेका छन् । रुख कटानसम्बन्धी वन कार्यालयबाट तयार भएको फाइल वन विभाग, मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकले अनुमति दिएपछि मात्र कटानको बाटो खुल्नेछ । विद्युत्का पोल, ट्रान्सफर्मरलगायत संरचनालाई सार्ने कार्यका लागि नेपाल विद्युत् प्राधिकरणले अनुमति दिइसकेको उहाँले बताउनुभयो ।

पूर्वी सुर्खेतको धुलियाबिट–भेडाबारी–बोटेचौर सडक खण्डमा स्तरोन्नतिको काम भइरहेको छ । उक्त सडकले वीरेन्द्रनगर, लेकबेँसी र गुर्भाकोट नगरपालिकाका भू–भागलाई समेट्छ । राष्ट्रिय राजमार्गको मापदण्डअनुसार यो सडकलाई नौ मिटर फराकिलो बनाइँदै छ । सडक स्तरोन्नतिका लागि रु एक अर्ब ९४ करोड ८४ लाख लागत अनुमान गरिएको छ । ठेक्का सम्झौता भने रु एक अर्ब तीन करोड २३ लाख ७८ हजारमा भएको लामिछानेले बताउनुभयो । विसं २०८० पुस २७ सम्ममा स्तरोन्नतिको काम सक्नुपर्ने गरी ठेक्का सम्झौता भएको छ ।

वन क्षेत्र नपर्ने स्थानमा सडकलाई फराकिलो बनाउन साइड कटिङलगायतका काम भइरहेका छन् । “नाला निर्माण, भित्ताको माटो काट्ने, साइडलेन, पर्खाल निर्माण तथा ग्राभेल जस्ता काम भइरहेका छन्”, लामिछानेले भन्नुभयो, “कतिपय स्थानमा नयाँ सडक निर्माण गर्नुपर्ने नभई पुरानै सडक विस्तार गर्नुपर्ने अवस्था छ ।” सुर्खेतको पश्चिम खण्डको सडक विस्तारको काम सुरु हुनसकेको छैन । पश्चिम खण्डमा पर्ने १३ किमी सडक प्रदेश सरकारले बनाउने भएको छ ।

nijgadh-supermart-adz1200-630