skip this hetauda tech

३० वटा प्रयोगशालासहितको एकीकृत कृषि तथा पशुसेवा केन्द्र बनाउने प्रधानमन्त्रीको घोषणा !

जीतपुरसिमरामा प्रयोगशालासहितको एकीकृत कृषि तथा पशुसेवा केन्द्र निर्माणको प्रस्ताव गदै मेयर राजन पौडेलले प्रधानमन्त्री प्रचण्डलाई बुझाए पत्र

1.44K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० पुसमा राष्ट्रका नाममा सम्बोधन गर्दै आगामी असार मसान्तसम्म ३० वटा प्रयोगशाला सहितको एकीकृत कृषि तथा पशुसेवा केन्द्रको निर्माण सम्पन्न गर्ने घोषणा गरेका छन् ।

नयाँ योजना तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथामिकता दिदै अत्यन्तै उपयोगी तथा लोकप्रिय कार्यक्रमको रुपमा ‘टाईम लाईन’ सहित केन्द्र बनाउने घोषणा भएपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद व्यक्त गर्दै पत्र बुझाएका छन् ।

जीतपुरसिमरामा केन्द्रको प्रस्ताव

काठमाण्डौमा आयोजित माओवादीको मधेसका नेताहरुसँगको बैठकमा मेयर पौडेलले प्रयोगशाला सहितको एकीकृत कृषि तथा पशुसेवा केन्द्र निर्माण गर्न प्रधानमन्त्री प्रचण्डलाई भेटेर प्रस्ताव पेश गरेका हुन् ।

बैठकमा मधेस प्रदेशमा रहेका केन्द्रिय सदस्य, वैकल्पिक केन्द्रिय सदस्य, आयोग सदस्य र केन्द्रिय सल्लाहकारमा सहभागि भएका थिए । पार्टी केन्द्रिय सचिव एवं प्रदेश इन्चार्ज लिलामणी पोखरेलको अध्यक्षतामा भएको बैंठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड सहभागि थिए ।

प्रस्तावमा भनिएको छ–पशु चौपाया, माछा तथा कृषिवाली लगायतमा बेलाबेला लाग्ने रोगको पहिचान र उपचार प्राविधिक र प्रयोगशालाको कमिले समयमा हुन् नसकी किसानहरुलाइ ठुलो हानि नोक्सानी हुने गरेको छ सोही सन्दर्भमा पटक–पटक यहाँका पशुपालन, कृषि तथा माछा उत्पादक किसानहरुले आधुनिक प्रयोगशालाको माग गर्दै यस उपमहानगरपालिकालाई पत्र समेत बुझाईरहेका छन् । तसर्थ, प्रधानमन्त्रीज्युले घोषणा गर्नुभएको सो किसानमैत्री लोकप्रिय कार्यक्रमलाइ आगामी असार मसान्त भित्र १ थान प्रयोगशालासहितको एकीकृत कृषि तथा पशुसेवा केन्द्रको निर्माण जीतपुरसिमरा उपमहानगरपालिका भित्र सम्पन्न गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।

मेयर पौडेलले जीतपुरसिमरा उपमहानगरपालिका पशुपालन, माछा, तरकारी, मकै, धान, उखु, गहुँखेति लगायतको कृषि उत्पादनमा महत्वपूर्ण योगदान दिदै ठुलो परिमाणमा निकासी समेत गरिरहेको जानकारी गराएका छन् । उनले देशकै सबैभन्दा पुरानो र ठुलो पाडा, राँगा बजार जीतपुरमा रहेको र दैनिक करिब २५ हजार लिटर दुधको उत्पादन तथा काठमाडौं लगायतको ठाउँमा निकासी समेत हुने उल्लेख गरेका छन् ।

‘भौगोलिक रुपले काठमाडौसंग तराईको सबै भन्दा छोटो दुरीमा रहेको यो ठाउँ फास्ट ट्रयाकको निर्माणसँगै झन् छोटो हुन् जानेछ, कृषिको अपार सम्भावना बोकेको ठाउँ हो,’ मेयर पौडेलले भनेका छन्–हाम्रा गुणस्तरीय तरकारी उत्पादनलाइ राजधानीमा सहज पहुच समेतको लागि काठमाडौं महानगरपालिकासँग जीतपुरसिमरा उपमहानगरपालिकाको भगिनी सम्बन्ध स्थापित भईसकेको छ ।

nijgadh-supermart-adz1200-630