skip this

देउवा-प्रचण्डबीच फोनमै ‘ठाकठुक’ : एमसीसीलाई लेखेको पत्र सार्वजनिक गरेकोप्रति आपत्ति

2.53K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तासाझेदार नेकपा माओवादी केन्द्रका नेताहरुसँग टेलिफोन सम्वाद गरेका छन् ।

अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई प्रधानमन्त्री देउवा र प्रचण्डले पठाएको पत्र तथा देउवा र प्रचण्डलाई अमेरिकाले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठसँग टेलिफोनमा कुराकानी गरेका हुन् ।

नेताहरुका अनुसार नेताद्वय प्रचण्ड र श्रेष्ठले एमसीसीलाई लेखेको तथा एमसीसीले लेखेको पत्र सार्वजनिक भएकोमा प्रधानमन्त्रीसमक्ष आपत्ति जनाए ।

‘पत्र अहिले सार्वजनिक गर्नुपर्ने त्यस्तो के भयो ?’ भन्ने माओवादी नेताहरुको प्रधानमन्त्री देउवालाई प्रश्न छ । जवाफमा देउवाले आफूले पत्र सार्वजनिक नगरेको जवाफ दिएको जनाइएको छ ।

‘प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच टेलिफोनमा सामान्य ठाकठुक भएको छ’, स्रोतले भन्यो, ‘उहाँहरुबीच आजै ४ बजे भेटवार्ता पनि तय भएको छ । त्यो वार्ताले एमसीसीमा मिलेर जाने वा फरक बाटो तय गर्ने भन्ने टुंगो लाग्न सक्छ ।’

प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार प्रचण्डले एमसीसी अनुमोदनका लागि आफ्नो पार्टीको महाधिवेशनसम्म कुर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । तर, महाधिवेशन सकिएपछि उनले निर्वाचनअघि एमसीसी अनुमोदन नगर्न नयाँ प्रस्ताव गरे । नयाँ प्रस्तावपछि प्रधानमन्त्री देउवा अध्यक्ष प्रचण्डसँग केही रिसाएका थिए ।

nijgadh-supermart-adz1200-630