skip this
सम्बन्धविच्छेदपछि हाल रुपा सम्बन्धमा सम्मानजनक व्यवहार चाहिन्छ भनी सिकाउन थालेकी छन् । उनी आजभोलि सामाजिक जीवनमा सक्रिय छिन् र समाजमा महिला र पुरुषबीच समान तथा सम्मानजनक व्यवहार हुनुपर्छ भनी सिकाउने गर्छिन् ।
उनी भन्छन्, ‘‘परिवार बिखण्डन भए बालबालिकाको जीवन बर्बाद हुन्छ । उनीहरु अभिभावकको माया पाउनबाट बञ्चित हुन्छन् ।” उनी पुरुषले माया देखाउन नजान्दा र महिलाको कानुनीरूपमा पाएको अधिकार प्रयोग गर्ने मानसिक क्षमता कम भएकाले घटना बढ्न थालेको बताउनुहुन्छ । ‘‘

‘तिमी’ भनेर बोलाउने श्रीमानले ‘तँ’ भन्दा…..!

1.69K shares
oil-nigam-amlekhgunj-adv.jpeg

कैलाली । कैलालीकी रुपा आजभोलि सम्मानजनक व्यवहारका कुरा गर्छिन् । १३ वर्षको कलिलै उमेरमा विवाह गरेकी उनका श्रीमान् जागिरे छन् । उनले भनिन्, “तीन सन्तानकी आमा हुँदासम्म श्रीमान्बाट मैले कहिल्यै राम्रो व्यवहार पाइनँ । पतिले सधैँ घरको नोकरजस्तै सोँचिरहनुभयो । राम्रो बोलीवचनसम्म गर्नुभएन । सन्तान नहुर्कुञ्जेल श्रीमान्का सबै व्यवहार सहेर बसेँ ।”

सन्तान हुर्किसकेपछि उनलाई श्रीमान्ले गर्ने दुव्र्यवहारविरुद्ध आवाज उठाउन मन लाग्यो । साथै वैवाहिक जीवनको २३ वर्षपछि उनी अलग हुने निर्णयमा पुगिन् । “मलाई श्रीमान्ले कहिल्यै सम्मानजनक व्यवहार र अवसर दिनुभएन । खानलाउन दिनुभयो, धन सम्पत्ति पनि दिनुभयो तर इज्जत दिनुभएन”, उनले भनिन्, “दम्पती भनेका जोडी हुन् । जोडी बराबर भए पो जीवन सजिलो हुन्छ । मैले सधैँ मीठो बोल्नुपर्ने, स्याहार गर्नुपर्ने, माया दिनुपर्ने तर श्रीमान्ले तिमी भनेर सम्मानजनक बोल्न पनि नचाहने । उहाँ अरु केही गलत हुनुहुन्नथ्यो, म आत्मसम्मान गिरेको महसुस गर्न थालेँ, उहाँले कहिल्यै बुझ्नु भएन । मनमुटाव विस्तारै बढ्दै गयो, दुःखी भएर बस्नुभन्दा अलग बस्ने निर्णय ग¥यौँ ।”

सम्बन्धविच्छेदपछि हाल रुपा सम्बन्धमा सम्मानजनक व्यवहार चाहिन्छ भनी सिकाउन थालेकी छन् । उनी आजभोलि सामाजिक जीवनमा सक्रिय छिन् र समाजमा महिला र पुरुषबीच समान तथा सम्मानजनक व्यवहार हुनुपर्छ भनी सिकाउने गर्छिन् ।

मन्त्रीदेखि क्षेत्रीय सभापतिसम्मलाई निलम्बनको पत्रकै आधिकारिकतामा प्रश्न उठ्यो !

कैलालीकै रमा धामीलाई पनि श्रीमान्को व्यवहार पटक्कै मन पर्दैन । उनी श्रीमान्ले जीवनसाथीको जस्तो व्यवहार गरुन् भन्ने चाहन्छिन् । प्रेम विवाह गरेकी उनले सुरुआती दिनमा श्रीमान्बाट साथीजस्तै व्यवहार पाइन् । विवाहपछि व्यवहार बदलियो । ‘‘विवाहअघि हामी तिमी भनेर बोल्थ्यौँ, परिवारको सहमतिमा विवाह भयो”, उनी भन्छिन्, “भोलिपल्टबाट मलाई हजुर भनेर सम्बोधन गर्न परिवारले अह्राए, नाम लिएर वा तिमी भनेर बोल्दा श्रीमान्को नाम लिएर बोल्ने सभ्यता नभएकीरहिछ भनी कुरा काटे ।”

परिवार र छिमेकीले कुरा काटेपछि उनलाई अप्ठ्यारो प¥यो । उनले बोलीचनमा सुधार गरे । परिवार र समाजले चाहेजस्तै शब्दले सम्बोधन गरिन् तर उनका श्रीमान्ले थप बोली र व्यवहार बिगारे । तिमी भनेर बोल्ने श्रीमान् ‘तँ’ भनी सम्बोधन गर्न थाले । “हामी विवाहपछि बराबरी रहेनौँ, हाम्रो हैसियतसमेत बदलियो”, उनले भनिन् ।

दम्पती भनेका जीवनसाथी हुन् । जीवनसाथीको व्यवहार साथीजस्तै हुनुपर्छ । तर हाम्रो समाजमा जीवनसाथी बराबरी व्यवहार गर्ने निकै कम छन् । सम्मानजनक तरिकाले बोल्दाका फाइदा धेरै छन् । “हरेक श्रीमान्ले आफ्नो बोली र व्यवहारमा आफ्नी श्रीमतीप्रति सम्मान र प्रशंसा गर्न सक्नुपर्छ । श्रीमतीको कामप्रति प्रोत्साहन र प्रशंसा गर्न सकेमा धेरै घरमा शान्ति हुन्छ”, शिक्षक झपट कडायत भन्छन्, “परिवारका सदस्यले पनि दम्पतीका सकारात्मक कार्यमा हौसला दिने काम गरेमा सम्मानजनक व्यवहार सम्बन्धमा स्थापित हुन सघाउँछ ।”

बलियो र दिगो सम्बन्धका लागि श्रीमतीले श्रीमान्लाई साथ दिन्छन्, यसैगरी श्रीमान्ले समेत साथ दिन आवश्यक छ । अधिकारकर्मी योजना अधिकारी महिलालाई गाली गर्ने, डर देखाउने, अपमान गर्ने, धम्की दिने, नियन्त्रणमा राख्ने काम चलिरहँदा समाजमा महिला भएकै कारण बढी हिंसा सहिरहेका बताउँछिन् ।

“विवाहमा माया र सम्मान आवश्यक हुन्छ । यही माया र सम्मान गर्न नजान्दा विवाहको सकारात्मक पक्षको लाभ दम्पती र परिवारले नै लिन नसकेको देखिन्छ”, उनी भन्छिन्, ‘‘आत्मसम्मान नपाउँदा बर्सेनि आत्महत्या गर्ने महिलाको सङ्ख्यासमेत बढेको देखिन्छ । सम्मानजनक व्यवहारको कमीकै कारण महिला आफूलाई समाजमा स्थापित गर्न कठिन ठान्छन् ।”

अधिवक्ता गम्भीरसिंह ऐर ७५ प्रतिशत सम्बन्धविच्छेदका घटना सम्मानजनक व्यवहार नभएकै कारण हुने गरेको बताउछन् । ‘‘गत वर्ष कैलालीमा सय बढी घटना सम्बन्धविच्छेदका भएका छन् । सम्बन्धविच्छेदले परिवार विखण्डन भएको छ”, उनी भन्छन्, ‘‘परिवार बिखण्डन भए बालबालिकाको जीवन बर्बाद हुन्छ । उनीहरु अभिभावकको माया पाउनबाट बञ्चित हुन्छन् ।” उनी पुरुषले माया देखाउन नजान्दा र महिलाको कानुनीरूपमा पाएको अधिकार प्रयोग गर्ने मानसिक क्षमता कम भएकाले घटना बढ्न थालेको बताउनुहुन्छ । ‘‘महिलालाई अहिले कानूनले धेरै अधिकार दिएको छ । अधिकार प्रयोग गर्न क्षमतामा कमी छ”, उनी भन्छन्, “समान अस्तित्व स्वीकार गरी महिलाको क्षमता विकासमा ध्यान दिनुपर्छ ।”

nijgadh-supermart-adz1200-630