skip this

बुटवलमा राेकिराखेकाे ट्रकमा कार ठाेक्कियाे, तीन जनाको मृत्यु

831 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ स्थित तामनगरमा राेकिराखेकाे ट्रकमा कार ठाेक्किँदा तीन जनाको मृत्यु भएको छ ।
दुई जना गम्भीर घाइते भएका छन् । कोरियन कलेज अगाडि रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।
उनका अनुसार एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हाे । घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । मृतक र घाइतेको पहिचान हुन बाँकी छ ।

nijgadh-supermart-adz1200-630