skip this

रुममेटले सुन चाेरेर हिडेपछि….

2.65K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । साथिसंगै डेरामा बस्ने एक महिलाले साथिको केही समान चोरेर फराए भएकी छिन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३० मैतिदेबी स्थित  कमला कुमारी बमसंगै डेरामा बस्ने झापा घर बताउने नैना शाहाले आधा तोला बराबर सुनको दुईवटा मुन्द्रा लगेर फरार भएकी हुन् ।

शाहाले यति मात्रै हैन बमले प्रयोग गर्ने नयाँ नयाँ कपडा पनि चोरी गरेर फरार भएको जनाएको छ ।

पीडित शाहीले आज महानगरीय प्रहरी वृत्त मालिगाँउमा आबश्यक कार्वाही गरि पाँउ भनि निवेदन दिएको फरक नेपाल डटकमको सम्पर्कमा आएर यस्तो बताएकी छिन्।

यस विषयमा बुझ्न पटक-पटक फाेन गर्दा पनि फाेन उठाउनु भएन। नैना शाहाले प्रयाेग गर्ने माेवाइल फाेन. 9818959601 रहेकाे छ।

माथिको उल्लेखितनिवेदनमा भनिएको छ कि- उपर्युत्त सम्वन्धमा म कमला बम का।जि।का।न।पा ३० मैतिदेबी स्थितमा डेरा गरी बस्दै आएको र म संग डेरामा संगै बस्ने जिल्ला झापा घर बताउने ३० बर्षकी नैना शाहा पनि म संगै रुममा बस्दै आएको हुर्दा मिति २०७८-१०-२४ गतेका दिन निज शाहाले बिना जानकारी कोठा छोडी गएको र जादा मेरो समान सुनको दुइ वटा मुन्द्रा र मेरो लगाउने कपडा समेत चोरी गरी लगेको हुर्दा निजलाइ खोजतलास गरी फेला पारी मेरो समान फिर्ता दिलाई निजलाई कानून बमोजिम गरी पाउ भनी यो निबेदन लेखी पेश गर्दछु ।

nijgadh-supermart-adz1200-630