skip this

पूर्वमुख्यमन्त्री राईको चुम्वन प्रकरणमा बालिकाको प्रतिक्रिया– कार्यकर्ता नै लज्जित हुने कर्म

897 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । प्रदेश १ का पूर्वमुख्यमन्त्री एवम् प्रदेश सभा सदस्य शेरधन राईको ‘सार्वजनिक चुम्वन प्रकरण’ मा आफुलाई शेरधनको श्रीमती वताउने बालिका खड्काले आलोचना गरेकी छिन् । बालिकाले राई दम्पत्तिलाई वे..या जोडी (अपशब्द) भन्दै आलोचना गरेकी हुन।

राईको चुम्वन प्रकरणको भिडियो शेयर गर्दै उनले यो हेरेर पार्टीका नेता/कार्यकर्ता नै लज्जित हुने वताएकी छिन् । उनले टेलिभिजन कार्यक्रम प्रस्तोता माल्भिका सुब्बामाथि कोही मान्छे नपाएर राई दम्पत्तिलाई कार्यक्रममा वोलाएको आसयमा प्रतिक्रिया दिएकी छिन् । ‘छि यो माल्भिका सुब्बाको’नी काम रहेनछ। बे..यालयका बे..या जोडीको न्युज लिएर आईछे’ उनले लेखेकी छिन्–‘पार्टीका नेता/कार्यकर्ता नै लज्जित हुन्छन यो चाउरे र पोटिली जोडी देखेर। पोइ मरेपछि हिंहिंहिंहिं गर्दै रुन्छे। मेरो भाग पनि तै रोईदे भन्छु म पनि तेति बेला।’

राई दम्पत्तिको चुम्वनको भिडियो अहिले टिकटकमा भाईरल भएको छ। राई र उनकी श्रीमती जाङ्मु इन शेर्पाले सार्वजनिक कार्यक्रममै चुम्वन गरेपछि त्यो भिडियो भाईरल भएको हो । एउटा टेलिभिजन कार्यक्रममा राईले श्रीमती शेर्पालाई कार्यक्रममै चुम्वन गरेको दृष्य टिकटकमा देख्न सकिन्छ। राईले ‘आई लभ यु बुढी’ भन्दै किस गरेका छन् भने शेर्पाले ‘आई लभ यु टु बुढा’ भन्दै त्यसको प्रतिक्रिया दिएकी छिन् । यो भिडियो हालसालैको हो।

राईले ०७७ माघ ११ गते शेर्पासँग विवाह गरेका हुन । शेर्पा सन् २०१८ की ‘मिस मंगोल नेपाल’ पनि हुन। राई र मोडल जाङ्मुको उमेरमा लगभग २५ वर्षको अन्तर छ ।

राईको पुर्खौली घर भोजपुर हो । २६ वर्षको उमेरमै २०६५ सालमा भोजपुरबाट सांसद बनेका राई त्यसयता लगातार राजनीतिमा उदाएका छन्। उनी २२ वर्षको बीचमा तत्कालिन एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पोलिट्व्यूरो सदस्य र संघीय सरकारको मन्त्री तथा मुख्यमन्त्री भएका हुन् ।

 

 

nijgadh-supermart-adz1200-630