पत्नी र निकटकालाई अनुदान दिएको बेलौरीका मेयरलाई आरोप, मेयर भन्छन्–सम्झौता भएकै छैन्
वि.सं.२०७८ माघ २९ शनिवार २०:१६

काठमाण्डौं । कञ्चनपुरको बेलौरी नगरपालिकाका मेयर पोतीलाल चौधरीले पत्नी र नजिकका व्यक्तिहरुलाई अनुदान दिएको आरोप लागेको छ ।
सुदूूरपश्चिम प्रदेश सरकारले वितरण गर्ने बाख्रापालन अनुदान पाउने सूचीमा मेयर चौधरीकी पत्नी र नजिकका व्यक्तिहरु रहेको समाचार बाहिर आएको छ ।
सो कार्यक्रमको अनुदानका लागि वडा कार्यालयमार्फत गत कात्तिक ८ गते २७९ जनाले आवेदन दिएका थिए । जसमध्ये २५ जना अनुदान पाउनका लागि छनोट भएका छन् ।
मेयर भन्छन्–सम्झौता भएको छैन्
बेलौरी नगरपालिकाका मेयर पोतीलाल चौधरीले अनुदानको प्रकृया नै सुरु नभएको भन्दै आरोप अस्वीकार गरेका छन् । मेयर चौधरीले फरक नेपालसंगको टेलिफोन संवादमा भने–कुनै सम्झौता भएको छैन, पैसा आएको छैन् । उनले राजनीतिक पूर्वग्राही भएर समाचार बाहिर आएको गुनासो गरे ।
वि.सं.२०७८ माघ २९ शनिवार २०:१६
















