उपत्यकाबाट २३ जना बन्दकर्ता पक्राउ, यस्ताे छ काठमाडौंमा बन्दकाे प्रभाव (फाेटाेफिचर)
वि.सं.२०७८ फागुन ४ बुधवार ०८:२०
954
shares

काठमाडौं। काठमाडौं उपत्यकाबाट प्रहरीले २३ जना बन्दकर्तालाई पक्राउ गरेको छ । एमसिसिको बिरोधमा बन्द गराउन निस्केका २ महिला सहित २३ जनालाई पक्राउ गरिएको प्रहरी जनाएकाे छ।
पक्राउ पर्नेमा कोटेश्वर चोकमा पेट्रोल छर्केर ट्याक्सी जलाउन खोज्ने ५० वर्षीय मंगलबहादुर मोक्तान लगायत छन् ।
मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकार माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वकोको नेकपा माओवादी केन्द्र समाजवादी तथा सिपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रीक मोर्चाले नेपाल बन्दको आह्वान गरेका हुन् ।
तस्वीर : फरक नेपाल डटकम


वि.सं.२०७८ फागुन ४ बुधवार ०८:२०

















