skip this

उता गायिका रिमाल मुसुक्कै यता जिल्ला प्रशासन भुसुक्कै भएपछि..!

1.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

अछाम । अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सहित गोकर्ण प्रसाद उपाध्याय जिल्ला प्रशासन कार्यालय अछाममा हाजिर भएसँगै आम नागरिकलाई सहज सूचना दिन जिल्ला प्रशासन कार्यालय अछाम नामकको फेसबुक आइडी सक्रिय रह्यो ।

सामाजिक सञ्जाल फेसबुक मार्फत नै जिल्ला प्रशासन कार्यालय अछामले गर्ने काम कार्वाहि,प्रशासन कार्यालय अछामले गरेका कामका साथै महत्वपूर्ण सूचना समेत यो आइडीबाट पाउन थालेपछि सबैको ध्यान केन्द्रित गर्न सफल बनेको जिल्ला प्रशासन कार्यालय अछामको आधिकारिक फेसबुक आइडी केहि दिन यता भने अन्य विषयले चर्चामा रहेको छ ।

अछाममा प्रमुख जिल्ला अधिकारीको रुपमा विश्वराज मरासेनी आएसँगै यो आइडीबाट बिभिन्न व्यक्तिका स्ट्याटस तथा कमेन्टमा जनाइएका प्रतिक्रियाका कारण यो आइडी चर्चामा रहेको हो ।

यो आइडीबाट पछिल्लो समयकी चर्चित गायिका रचना रिमालको फेसबुक लाइभमा आई लभ यु कमेन्ट भन्दै कमेन्ट गरिएको विषय सार्वजनिक भएसँगै यो आइडीबारे बिभिन्न टीकाटिप्पणीका साथै आलोचना हुन थालेको छ ।

पछिल्लो समयकी चर्चित गायीका रचना रिमालले यही फेब्रुअरी १३ अर्थात् फागुन १ गते हजुर मुसुक्कै बोलको गीत सार्वजनिक भएकोबारे जानकारी गराउदै फेसबुक लाइभमा आइरहँदा जिल्ला प्रशासन कार्यालय अछामको आइडीबाट आइ लभ यु भन्ने कमेन्ट गरिएको छ । त्यही कमेन्ट अहिले अधिकांश युवाहरूले ट्रोल बनाई रहेका छन् ।

यस कारण जिल्ला प्रशासन कार्यालय जस्तो जिम्मेवार निकायको फेसबुक आइडी चलाउने यीँ व्यक्तिले कतै मदिरा सेवन गरि यो आइडीको गरिमा बिर्सेर कमेन्ट गरे की भन्ने पनि शंका उब्जिएको छ ।

nijgadh-supermart-adz1200-630