skip this

वीरगन्ज नाकाबाट गत आवभन्दा ३३ अर्ब बढी राजश्व सङ्कलन

771 shares
oil-nigam-amlekhgunj-adv.jpeg

पर्सा । नेपालकाे मुख्य प्रवेशद्वार र प्रमुख व्यापारिक नाका वीरगन्जबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात निर्यातामा सुधार भएसँगै यसको सकारात्मक प्रभाव राजश्व सङ्कलनमा देखिएको छ ।

कोरोना संक्रमणको दरमा आएको कमीसँगै मुलुक भित्रको उद्योग व्यपारले गति लिएपछि यसको सकरात्मक प्रभाव उक्त कार्यालयको राजश्व सङ्कलनमा देखिएको हो ।

वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि हुने विभिन्न वस्तुको आयात तथा निर्यातमा सुधार भएपछि गत आर्थिक वर्षको साउनदेखि माघ महिना सम्ममा सङ्कलित राजश्वको तुलनामा चालू आवको सोही अवधिमा ३८ प्रतिशत बढी राजश्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्षको ७ महिनामा ८८ अर्ब ५० करोड ४८ लाख रूपैयाँ राजश्व सङ्कलन भएकामा चालू आवको सोही अवधिमा १ खर्ब २१ अर्ब ७२ करोड ८४ लाख रूपैयाँ राजश्व सङ्कलन गर्न वीरगन्ज भन्सार सफल भएको छ । योग गत आवको सङ्लित राजश्वको भन्दा ३३ अर्ब २२ करोड ३६ लाख रूपैयाँ बढी हो ।

nijgadh-supermart-adz1200-630