‘एमसीसी राष्ट्रघाती’ भएको भन्दै माओवादी कार्यकर्ताको प्रदर्शन
वि.सं.२०७८ फागुन १५ आइतवार १४:०७

काठमाडौं । एमसीसीको विरोधमा माओवादी केन्द्रका कार्यकर्ताहरुले काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन बाहिर प्रदर्शन गरेका छन् ।
युवा संगठन वाईसीएलको झण्डा बोकेका उनीहरुले ‘एमसीसी राष्ट्रघाती’ भएको भन्दै केहीबेर नाराबाजी गरेका छन् ।
तर उनकै पार्टी नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रका पाँच नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लिलामणि पोखरेलले भने विरोध जनाएका छन् ।
माओवादी बैठकलगत्तै बसेको सत्ता गठबन्धनको बैठकले पनि एमसीसीलाई आजै संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।
एमसीसी विरुद्धको प्रदर्शनमा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, राप्रपाका कार्यकर्ताहरु समेत छन् ।
थप समाचार….
बानेश्वरको सडकमा युवा संघ नेपालले ‘बाजा बजाउँदै’ एमसीसी विरुद्ध प्रदर्शन (भिडियाेसहित) https://faraknepal.com/14114
बानेश्वरको सडकमा राप्रपाकाे नारा, ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ (भिडियाेसहित) https://faraknepal.com/14109
आज एमसीसी पारित गर्ने तयारी, बानेश्वरमा सुरक्षा व्यवस्था कडा (फाेटाेफिचर) https://faraknepal.com/14103





वि.सं.२०७८ फागुन १५ आइतवार १४:०७
















