skip this farak Kura Pravakar

बुढानिलकण्ठ नगरपालिकाको वडा कार्यालयमा शव भेटियो

897 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : काठामडौँको बुढानिलकण्ठ नगरपालिकाको वडा कार्यालयमा सोमबार एक शव फेला परेको छ ।
सो नगरपालिकाको वडा नम्बर ८ को गोल्फुटारस्थित वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको प्रहरी बृत्त महारगञ्जले जनाएको छ । शवको पहिचान खुल्न सकेको छैन ।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको
छ । पोस्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप जानकारी प्राप्त हुन सक्ने महाराजगञ्ज प्रहरी बृत्तका एक अधिकृतले बताए । उनले घटनाबारे अहिले अनुसन्धान जारी रहेको बताए ।

nijgadh-supermart-adz1200-630