skip this yams_Max_Hospital.jpeg

घर नजिकैको कुलोमा ३० वर्षीय युवक मृत फेला

816 shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

सप्तरी : सप्तरीमा एक युवक घर नजिकैको कुलोमा मृत अवस्थामा फेला परेका छन् । खडक नगरपालिका–१० गरुराहका ३० वर्षीय श्यामसुन्दर राम बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनी घर नजिकैको कुलोमा घोप्टो परी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630