skip this farak Kura Pravakar

निजगढका दुई जना युवा मकवानपुरबाट लागुऔषध नाईट्रोभेटसहित पक्राउ

672 shares
oil-nigam-amlekhgunj-adv.jpeg

मकवानपुर : मकवानपुर प्रहरीले ११२५ ट्याब्लेट लागुऔषध नाईट्रोभेटसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा निजगढ नगरपालिका १३ का १९ वर्षीय सुवास गोले र सोही नगरपालिकाका १९ वर्षीय सरोज थिङ रहेका छन् ।
लागुऔषध छ भन्‍ने विशेष सूचनाका आधारमा प्रहरी चौकी भुटनदेवी मकवानपुरबाट खटिएको प्रहरी टोलिले मंगलबार साँझ ७ :३० बजे चेकजाँच गर्दा उनीहरुको साथबाट प्रहरीले ११२५ ट्याब्लेटसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवं प्रवक्ता देवेन्द्र दासले बताए ।

nijgadh-supermart-adz1200-630