skip this farak Kura Pravakar

नारायणी पुलबाट हाम फालेर एकजना बेपत्ता

1.07K shares
oil-nigam-amlekhgunj-adv.jpeg

चितवन : चितवनको नारायणी नदीकोको पुलबाट हाम फालेर एकजना बेपत्ता भएका छन् ।नवलपुरको गैंडाकोटतर्फबाट पुलमा आएका अन्दाजी ५५ बर्षीय पुरुषले पुलको बीच भागबाट हामफालेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टका अनुसार हामफालेका पुरुषको खोजी भैरहे पनि अहिलेसम्म फेला परेका छैनन् ।
पानीको बहाव हिजोबाट बढेको र धमिलो पनि भएकोले हालसम्म उद्धारकार्य जारी भएपनि फेला नपरेको विष्टले बताए । उनले पुलमाथि टोपी, गञ्जी र २ हजार तीनसय नगद छाडेको तर अन्य परिचय खुल्ने कुनै प्रमाण फेला नपरेको प्रहरी निरीक्षक बिष्टले बताए ।

nijgadh-supermart-adz1200-630