skip this

रत्ननगर नगरपालिकाले बेमौसमी वर्षाबाट पीडित किसानलाई राहत दिने

750 shares
oil-nigam-amlekhgunj-adv.jpeg

चितवन : चितवनको रत्ननगर नगरपालिकाले केही दिनअघि भएको बेमौसमी वर्षाका कारण प्रभावित बनेका किसानलाई राहत उपलब्ध गराउने भएको छ ।
धान काटेर भित्र्याउनका लागि सुकाइएको बेला अविरल वर्षा भएपछि पीडित बनेका किसानहरुलाई नगरपालिकाले तत्काल राहत उपलब्ध गराउने मेयर नारायण बनले बताए । मेयर वनले किसानको खेतमै पुगेर क्षतिको अनुगमन र निरीक्षणका क्रममा किसानलाई प्रतिबिघा १० हजार रुपैयाँ राहत दिने घोषणा गरेका हुन् ।
प्रतिकठ्ठा पाँच सय अर्थात् विघाको १० हजार रुपैयाँका दरले किसानलाई राहत उपलब्ध गराउने मेयर वनले घोषणा गरे । ‘यो रकम पर्याप्त होइन,’ उनले भने, ‘भिजेको धान सुकाउन र व्यवस्थापन गर्न कामदारलाई ज्याला दिन केही सहज हुनेछ ।’
भिजेको धानलाई व्यवस्थापन गर्न नसके भोकमरी लाग्ने भन्दै उनले ज्याला दिने पैसाको अभावमा किसानको धान खेतमा कुहिन नदिने प्रतिबद्धता जनाए । तत्काल कार्यपालिकाको बैठक बसेर राहतको विषयमा निर्णय गर्ने उनले बताए । रत्ननगर नगरपालिकाले १६ वटै वडामा क्षतिको विवरण संकलन गरिरहेको छ ।
एक साताभित्र नै क्षतिको विवरण निकालेर राहत दिने मेयर बनले बताए । कृषि विकास शाखाका कर्मचारीसहित वडाका जनप्रतिनिधि र कर्मचारीहरुले किसानको खेतमै पुगेर क्षतिको विवरण संकलन गरिरहेका छन् । वर्षाका कारण भिजेको धान खेतमै उम्रिन थालेको छ ।

nijgadh-supermart-adz1200-630