बालविवाह गरेको अभियोगमा बेहुला बेहुलीसहित आमाबुवा पक्राउ
वि.सं.२०७८ कात्तिक ७ आइतवार १९:५४
1.75K
shares

सुनसरी– सुनसरीको इटहरीमा बालविवाह गरेको अभियोगमा बेहुला बेहुलीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई पक्राउ गरेर बालविवाह विरुद्धको मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
इटहरी २ स्थित हवाई चौकमा १७ वर्षीया बालिकाको बालविवाह गरेको अभियोगमा बेहुला सन्दीप, बेहुली, बेहुलाका बुवा कालुबहादुर रसाइली र बेहुलीकी आमा सेविका दर्नाललाई पक्राउ गरी मुद्दा चलाइएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीले असोज २५ गते विवाह मण्डपबाट पक्राउ गरेको थियो ।चारै जनाविरुद्ध सुनसरी जिल्ला अदालतबाट बालविवाह मुद्दामा पाँच दिन म्याद थप भई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ कात्तिक ७ आइतवार १९:५४

















