कलैयामा सस्तो रमाईलो मेला सुरु
वि.सं.२०७८ कात्तिक ११ बिहीवार २०:१९

बारा (कलैया) : बारा सदरमुकाम कलैयामा सस्तो रमाईलो मेला २०७८ सुरु भएको छ । मेलाको नगर प्रमुख राजेश राय यादवले रिबन काटेर उद्घाटन गरेका छन् ।
द जिनियस डान्स एकेडेमी कलैयाको आयोजनामा शुरु भएको मेला वडा नम्बर ४ जानकी हल पछाडीको मैदानमा लागेको छ । अदालत टोलको खाली ठाउँमा शुरु मेला विहीबार देखि २२ गते सम्म चल्ने छ ।
मेला उद्घाटन गर्दै प्रमुख यादवले कलैयाको आन्तरिक पर्यटन विकास संगै व्यापारमा समेत टेवा पुग्ने र स्थानिय उपजको पनि बजारिकरण हुने बताए ।
प्रमुख यादवले मेलाको लागि आवस्यक पर्ने सबै सहयोग कलैया सरकारले गर्ने बताउँदै यी र यस्ता मेलाको सम्बद्र्धन तथा प्रवद्र्धन कलैया सरकारसंगै तमाम नगर बासिले गर्नुपर्ने बताए ।
आयोजकले समस्त सरोकारवालालाई मेला सफल गर्न आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मेलामा रहने स्टलको लागत रु.५ हजार देखि २५ हजार सम्म रहेको आयोजक संस्थाका सचिव अर्जुन गुप्ताले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा नगर उप प्रमुख रहिमा खातुन, प्रमुख प्रशासकिय अधिकृत नाथु साह,वडा नम्बर २ का अध्यक्ष राजेश मण्डल,४ का अध्यक्ष जट्टाशन्कर सहनी,१२ का अध्यक्ष राजेश्वर केशरी,१९ का लतिफ मिया ठकुराई,२१ का अध्यक्ष पुनदेव रौनियार,२२ का अध्यक्ष लालबाबु यादब,२५ का अध्यक्ष राजेश स्वर्नकार,२७ का अध्यक्ष रेयाजुल अन्सारीको आतिथ्यता रहेको थियो ।
त्यसैगरि नगरपालिकाका प्रशासन शाखा प्रमुख हाजी मुस्ताक अन्सारी, बारा उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार साह, कोषाध्यक्ष राजेश बुढा, तरुण दल बाराका अध्यक्ष लुकेश सिंह, लोसपा नेता जय प्रकाश साह, राष्ट्रीय युवा संघका केन्द्रिय सदस्य पप्पु साह, वाईसिएलका केन्द्रिय सदस्य डा.सुशील साह सहभागि थिए ।
त्यस्तै जेसिज कलैयाका अध्यक्ष शम्भु कुप्ता, धनिलाल सरार्फ, गंगा सागर कुश्वाहा, जेसिजका महासचिव पवन कुश्वाहा, नेबि संघका नेता दिपेन्द्र पटेल, नेजामुदिन अन्सारी, गणेश ब्याहुत कलवार, आशिष कुमार गुप्ता, धर्मेन्द्र यादव, सन्दिप बरै लगायतकाको उपस्थिति रहेको थियो ।
आयोजक संस्थाका अध्यक्ष अंकुश ब्याहुतले मेलाको लागि सम्बन्धित निकायबाट आवश्यक सहयोग मिलिरहेको बताएका छन् । अहिले पनि मेलाका लागि स्टलहरु धमाधम बुकिङ्ग समेत भईरहेको जानकारी दिए । ब्याहुतले मेलाका लागि अन्दाजी ३० लाखको लागत लाने बताउँदै एस्पोन्सर तथा सहयोगी हातहरु अझ सम्पर्कमा आईरहेको बताए । मेलामा विभिन्न खालका मनोरञ्जनात्मक खेल तमासा को समेत आगमन भइसकेको छ ।
वि.सं.२०७८ कात्तिक ११ बिहीवार २०:१९
















